देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कक्षा १२ काे परीक्षा कसरी संचालन गर्ने ?

देशान्तर

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सञ्चालन गर्न पाँच मोडालिटी अघि सारेको छ । बोर्डले विभिन्न सरोकारवाला संस्था र विज्ञसँग छलफल गरी उनीहरुको सुझावमा पाँच मोडालिटी अघि सारेको हो ।
पाँच महिनादेखि स्थगित कक्षा १२ को परीक्षा सञ्चालन गर्ने विषयमा बोर्डले नयाँ मोडालिटी अघि बढाएको हो ।

बोर्डले अघि सारेको मोडालिटीमा तयारी भइरहेको प्रश्नपत्र प्रदेश परीक्षा कार्यालयमा पठाएर विद्यालयमै केन्द्र राखेर परीक्षा सञ्चालन गर्ने, कोरोना महामारी कम भएको जिल्ला र क्षेत्रमा परीक्षा सञ्चालन गर्दै जाने रहेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले वैशाखदेखि स्थगित कक्षा १२ को परीक्षा कुन मोडालिटीमा सञ्चालन गर्ने विषयमा भएको भर्चुअल छलफलमा अधिकांश विद्यालयका प्रअ र शिक्षकले एसईईको जस्तो बदनाम हुने गरी विद्यालयलाई अन्तिम मूल्याङ्कन गर्ने अधिकार दिन नहुने सुझाव दिएका छन् ।

एसईईको परीक्षाफल प्रकाशित गर्दा अन्तिम मूल्याङ्कन गर्ने अधिकार दिएपछि अधिकांश विद्यालयले आफ्ना विद्यार्थीलाई ४ जीपीए दिएका थिए ।

विद्यार्थी उत्तीर्ण गराउने नाममा राजधानी र मुलुकका नाम चलेका विद्यालयले अधिकांश विद्यार्थीलाई ४ जीपीए दिएका थिए । तथ्याङ्कअनुसार २०७२ सालमा २ जनाको ४ जीपीए आएको थियो । सो संख्या बढेर यस वर्ष ९ हजार १९ जनाले ४ जीपीए पाएका थिए । विद्यालयले यस्तो मनपरी गरेकाले अब कहिल्यै अन्तिम मूल्याङ्कन गर्ने अधिकार विद्यालयलाई दिन नहुने विज्ञको सुझाब रहेको छ । त्यस्तै २०७३ मा ४, २०७४ मा ७४ र २०७५ मा १ सय ६ जनाले ४ जीपीए ल्याएर उत्तीर्ण भएका थिए । नेपाल समाचारपत्रमा खबर छ।