देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

यात्रु तथा कार्गोका लागि छ अन्तर्राष्ट्रिय उडान

देशान्तर

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज यात्रु तथा कार्गो गरी जम्मा ६ अन्तर्राष्ट्रिय उडान भएका छन् ।

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी एयरलाइन्सले यात्रु तथा उद्धार उडान गरेका हुन् । हिमालय एयरलाइन्सले ढाकाबाट २४ यात्रु ल्याएको छ । सो एयरलाइन्सले काठमाडौँबाट ढाकाका लागि १२३ यात्रु लगेको थियो । नेपाल एयरलाइन्सले चीनको कुनमिङबाट २२ हजार ७६७ केजी कार्गो ल्याएको छ । सोही एयरलान्सको जहाज आजै सुडान प्रस्थान गरेको छ । यात्रु वा कार्गो ल्याउने खुलाइएको छैन ।

त्यस्तै लनमेइ एयरलाइन्सले कम्बोडियाबाट १५ हजार ४५३ केजी कार्गो नेपाल ल्याएको छ भने यहाँबाट १० हजार ९६० केजी कार्गो कम्बोडिया लगेको छ । श्रीलंकन एयरलाइन्सले कोलम्बोबाट १७ हजार ५५५ केजी कार्गो नेपाल ल्याएको छ । फर्किदा २१ हजार ३३ केजी कार्गो लगेको छ । कतार एयरवेजले दोहाबाट आठ हजार १८३ केजी कार्गो नेपाल ल्यायाएको छ ।

शुक्रबारका लागि जम्मा दुई अन्तर्राष्टिय उडान हुनेछन् । नेपाल एयरलाइन्स सुडानबाट राति ८:४५बजे काठमाडौँ आइपुग्नेछ । कतार एयरवेज अपरान्ह काठमाडौँ विमानस्थलमा अवतरण गर्ने विमानस्थल कार्यालयको तालिका रहेको छ ।

आज आन्तरिकतर्फ तारा, समिट, मनाङ, कैलाश हेली एयर, एयर डाइनेष्टीले विभिन्न गन्तब्यमा आठ उडान गरेका छन् । सरकारले विदेशबाट फर्कने नेपालीलाई व्यवस्थापन गर्न क्वारेन्टिनको व्यवस्था नभएको भन्दै उद्धार उडान अनिश्चितकालका लागि स्थगित गरेको छ । भदौँ १ देखि १५ सम्म उद्धार उडान गर्ने कार्यतालिका बनाइएपनि धमाधम एयरलाइन्सले ती उडान तालिका रद्द गरेका थिए ।