काठमाडौं – बिहीबार काठमाडौं उपत्यकामा २०० संक्रमित थपिएका छन्। काठमाडौंमा १७४ , ललितपुरमा १८ र भक्तपुरमा ८ संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या २ हजार ६ सय ९९ पुगेको छ।
हालसम्म काठमाडौंमा २ हजार १५२, ललितपुरको ३६८ र भक्तपुरमा १७९ संक्रमित पुगेका छन्। पछिल्लो २४ घन्टामा देशभरमा थप ७०७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
प्रतिक्रिया