देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विश्वभर डेढ करोड बढी कोरोनामुक्त भए

देशान्तर

काठमाण्डौ – विश्वभर कोरोना भाइरसको सङ्क्रमणबाट निको हुनेको सङ्ख्या डेढ करोड नाघेको छ । अहिलेसम्म दुई करोड २५ लाखमा कोरोना पुष्टि भएकोमा एक करोड ५३ लाखभन्दा धेरै उपचारपछि निको भएको वर्ल्डोमिटरले जनाएको छ । त्यस्तै सङ्क्रमितमध्ये सात लाख ९१ हजारको भने मृत्यु भएको छ ।

वर्ल्डोमिटरका अनुसार अहिले उपचार गराइरहेका ६४ लाख ८६ हजारमध्ये एक प्रतिशत अर्थात् साढे ६१ हजारको अवस्था जटिल रहे पनि बाँकी ६४ लाखको अवस्था सामान्य छ ।

सबैभन्दा धेरै अमेरिकामा ५७ लाखमा कोरोना पुष्टि हुँदा एक लाख ७६ हजारको मृत्यु भएको छ । यस्तै साढे ३४ लाखमा कोरोना पुष्टि भएको ब्राजिलमा एक लाख ११ हजारको मुत्यु भएको छ भने भारतमा २८ लाखभन्दा धेरैमा कोरोना पुष्टि हुँदा झण्डै ५४ हजारको मृत्यु भएको छ ।