देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पोखराको एकै वडामा १६ सहित गण्डकीमा २४ संक्रमित थपिए

देशान्तर

पोखरा । गण्डकी प्रदेशमा बुधबार साँझ थप २४ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा २४ संक्रमित थपिएका हुन् ।

निर्देशनालयका अनुसार नयाँ संक्रमितहरुमा कास्कीका १६ जना र बाग्लुङका ८ जना रहेका छन् । नयाँ संक्रमितहरु कास्कीको पोखरा महानगरपालिकाको एकै वडा ७ का रहेका छन् । त्यस्तै बाग्लुङको बाग्लुङ नगरपालिकाका ६ जना रहेका छन् भने जैमिनी र बडीगाडका एक एक जना रहेका छन् ।

नयाँ संक्रमितहरु सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८१२ पुगेको छ ।