सिराहा जिल्लाको औरही गाउँपालिकाका जनप्रतिनिधिले कोभिड– १९ संकटमा खटेबापत ११ लाख ९६ हजार रुपैयाँ भत्ता लिएका छन् ।
गाउँपालिकामा २९ सदस्यीय सभा र १३ सदस्यीय कार्यपालिका छ । सभा सदस्यहरूलाई जनही १७ हजार, कार्यपालिका सदस्यहरूलाई २५ हजार, वडाध्यक्षहरूलाई ५० हजार, उपाध्यक्षलाई ८५ हजार र अध्यक्षलाई करिब एक लाख रुपैयाँ वितरण गरिएको छ । यस्तै, स्वास्थ्यकर्मीहरूलाई आठ लाख र गाउँपालिका कर्मचारीलाई दुई लाख ९४ हजार रुपैयाँ बाँडिएको छ । गाउँपालिकाले कार्यविधि बनाएर जोखिम भत्ता उपलब्ध गराएको निमित्त प्रशासकीय अधिकृत लक्ष्मण साहले बताए ।
यसैबीच, कोभिड– १९ रोकथाममा उक्त गाउँपालिकाले अत्यधिक खर्च देखाएको बताउँदै अख्तियारले छानबिन थालेको छ । अख्तियारको टोलीले गाउँपालिकाले गरेको खर्चको बिल, भर्पाइलगायत कागजात नियन्त्रणमा लिएको छ । टोलीले गाउँपालिका अध्यक्ष सिद्धार्थ यादव, उपाध्यक्ष सीता यादवलगायतसँग सोधपुछ पनि गरेको छ । नयाँ पत्रिकामा खबर छ ।
प्रतिक्रिया