काठमाडौँ – एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्यालको कार्यकाल अवधि थप भएको छ । गएको सोमबार बसेको सञ्चालक समिति बैठकले अर्याललाई अर्को चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा निरन्तरता दिने निर्णय गरिएको हो ।
उनी गत २०७३ असोज १ गते उक्त बैंकको सीइओ पदमा नियुक्त भएका थिए । त्यस अघि अर्याल सोही बैंकको कामु प्रमुख कार्यकारी अधिकृतका पदमा कार्यरत रहेका थिए। उनी एनसीसी बैंकमा विगत २४ वर्षदेखि कार्यरत छन् ।
प्रतिक्रिया