देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

२७ बर्ष जेल सजाय काटेका एक ब्यक्ति निर्दोष साबित

देशान्तर

चीनमा हत्या अभियोगमा २७ बर्ष जेल सजाय काटेका एक ब्यक्ति निर्दोष साबित भएपछि रिहा भएका छन् ।

झाङ युहान नामका ती ब्यक्तिलाई प्रहरीले चरम यातना दिएर आरोप स्विकार्न लगाएको पनि खुलेको छ ।

तर पटक पटक लिइएको उनको बयानको व्यहोरा नमिलेपछि उनको मुद्दा पुनः ब्युँताएर उनलाई रिहा गरिएको हो ।

सन् १९९३ मा दुई बालकको हत्या गरेको अभियोगमा पक्राउ परेका झाङ चीनको इतिहासमा गलत कसुरमा सबैभन्दा लामो सजाय काट्ने ब्यक्ति बनेका छन् ।

चीनको उच्च अदालतले रिहा गरेपछि उनी आफ्ना ८३ वर्षिय आमासहितको परिवारसँग उनको पुर्नमिलन भएको छ ।

यसबैची झाङका वकिलले भने क्षतिपुर्तीको माग दाबी गर्ने जनाएका छन् ।

यही घटनालाई लिएर बेलायतले चीनलाई मानवअधिकार हनन भएको भन्दै घोर बिरोध गरेको छ ।

एक निर्दोष ब्यक्तिलाई अनाहकमा लामो जेल सजाय तोकेको भन्दै बेलायतको चीनको रवैयाप्रति आपत्ती जनाएको हो ।

पछिल्लो सयम चिनले आफ्ना कारागारमा गलत अभियोगमा सजाय काटिरेहका निदोषीाहरुलाई खोजी–खोजी रिहा गरिरहेको छ ।

तर राजनीतिक मुद्दाका अरोपितमाथि भने चिनले थप कडा नीति लिईरहेको छ ।