देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लेबननमा भएको विस्फोटमा कम्तीमा १ सय जनाको मृत्यु ४ हजार बढी घाइते

देशान्तर

काठमाण्डौ – लेबननको राजधानी बेइरुतमा भएको शक्तिशाली विस्फोटमा कम्तीमा एक सय जनाको मृत्यु भएको छ । भने चार हजारभन्दा धेरै घाइते भएका छन् ।

एउटा गोदाममा ६ वर्षअघि देखि राखिएको विस्फोटक पदार्थ ९अमोनियम नाइट्रेट का कारण यो घटना भएको अधिकारीहरुले बताएका छन् ।

लेबननका प्रधानमन्त्री हसन दियाबले यसलाई एक खतरनाक गोदाम बताउँदै त्यो सन् २०१४ मा बनाइएको बताएका छन् । साथै उनले यसलाई प्रलयकारी घटना बताउँदै दोषीहरु जिम्मेवार हुनुपर्ने बताए ।

लेबननका राष्ट्रपति मिशेल आउनले दुई हजार सात सय ५० टन अमोनियम नाइट्रेट असुरक्षित रुपमा राख्नु ‘स्वीकार’ नहुने बताए ।

यो विस्फोटको आवाज दुई सय ४० किलोमिटर टाढा साइप्रससम्म पनि सुनिएको थियो ।

अमोनियम नाइट्रेट एक गन्धहीन केमिकल पदार्थ हो, जसको प्रयोग विभिन्न काममा हुने गर्दछ । खेतीलाई उर्बर बनाउन र निर्माण तथा खन्नको लागि विस्फोटक पदार्थको रुपमा प्रयोग गरिन्छ ।