काठमाडौ नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । छापावाल सुनको मूल्य १ लाख १ हजार ४०० पुग्दै नयाँ कीर्तिमान कायम भएको हो । मंगलबार प्रतितोला ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार एकैदिन १६०० रुपैयाँले बढ्दै नयाँ कीर्तिमान कायम भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज तेजावी सुनको मूल्य भने १ लाख ९०० रुपैयाँ रहेको बताएको छ । यसैगरी चाँदीको मूल्य आज १ हजार २९५ रुपैयाँ प्रतितोला पुगेको छ । कोरोना भाईरस ‘कोभिड – १९’ को संक्रमण विश्वव्यापी रुपमा बढेपछि सुनको मूल्य अचाक्ली बढेको छ । मूल्य बढेसँगै कारोबार ठप्प छ ।
प्रतिक्रिया