देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जम्मू कश्मीरलाई समेटेर पाकिस्तानले नयाँ राजनीतिक नक्सा जारी गर्‍याे

देशान्तर

पाकिस्तानले विवादित जम्मू–कश्मीर, लद्दाख, जूनागढ समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको छ ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले जम्मू कश्मीर, लद्दाख, जूनागढ समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको जानकारी दिए । मन्त्रीपरिषद्को यो निर्णय विपक्षी पार्टी र पाकिस्तान प्रशासित कश्मीर नेतृत्वले पनि स्वागत गरेका उनले बताएका छन् ।

नयाँ नक्सा जारी गरेपछि प्रधानमन्त्री खानले नयाँ नक्साले पाकिस्तानी नागरिकको उमंगको प्रतिनिधित्व गरेको दाबी गरे । गएको वर्ष अगष्ट ५ मा भारतले कश्मीर समेटेर गैर कानुनी रुपमा नयाँ नक्सा जारी गरेको उनको आरोप छ ।

त्यो नक्सा आफूहरुलाई अमान्य भएकाले पनि नयाँ नक्सा जारी गरिएको पाकिस्तानी प्रधानमन्त्री खानको भनाइ छ । उनले अब पाकिस्तानको स्कुल, कलेज र सबै कार्यालयमा आधिकारिक रुपमा नयाँ नक्सा राख्ने निर्णय भएको पनि बताएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

भारतले भने पाकिस्तानको नयाँ नक्सा खारेज गर्दै यसको कानुनी वैधता र अन्तराष्ट्रिय स्तरमा कुनै विश्वसनीयता नभएको दाबी गरेको छ ।