बोको हराम नामक सशस्त्र विद्रोही समूहको आक्रमणमा १८ जना सर्वसाधारण नागरिकको ज्यान गएको छ । क्यामरुनको सुदुर उत्तरी क्षेत्रको लिदु साहेल भन्ने क्षेत्रमा भएको आक्रमणमा कम्तीमा १८ जना नागरिकको ज्यान गएको हो ।
हमलामा ११ जना सर्वसाधारण गम्भीर घाइते भएको बताइएको छ । बोको हरामका हतियारधारी विद्रोहीहरुले सर्वसाधारणको हत्या गर्ने उद्देश्यले ठूलो संख्यामा उपस्थित भएर उनीहरुमाथि हमला गरेका थिए । बोको हरामले पश्चिमी अफ्रिकामा लामो समयदेखि सर्वसाधारणमाथि हमला गर्दै आएको छ ।
जसका कारण यहाँका हजारौँ मानिसको ज्यान गएको छ भने कैयौँ नागरिकलाई अपहरण गरिएको छ । पछिल्लो समयमा बोको हरामले आफ्नो अभियानका विरुद्धमा लागेको भन्दै सर्वसाधारणलाई तारो बनाउने गरेको छ ।
प्रतिक्रिया