अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी दिनमा चिनियाँ स्वामित्वमा रहेका सफ्टवेरहरुविरुद्ध थप कदम चाल्ने तयारीमा रहेको जानकारी दिएका छन् ।
फोक्स न्युजसँगै कुरा गर्दै उनले हालै अमेरिकाले चिनियाँ सफ्टवेयर टिकटकमाथि लगाएको प्रतिबन्ध चीनका लागि ठूलो धक्का भएको बताउँदै पोम्पियोले चिनियाँ सफ्टवेयरका कारण सुरक्षा जोखिम बढ्दै गएकालो कारबाहीको तयारी भइरहेको बताए ।
अमेरिकामा रहेका कयौं चिनियाँ कम्पनीहरुले आफ्ना गतिविधिबारे निगरानी गरेको आशंका बढेकाले आगामी दिनमा चीनमाथि थप प्रतिबन्ध लगाउँदै जाने धारणा पनि व्यक्त गरे ।
अमेरिकाले लाखौंले प्रयोग गर्दै आएको चिनियाँ सफ्टवेयर टिकटकमाथि यसअघि नै प्रतिबन्ध लगाइसकेको छ ।
प्रतिक्रिया