काठमाण्डौ । भारत उत्तर प्रदेशकी शिक्षामन्त्री कमला रानी वरुणको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।
गएको ३ गते कोरोना पोजेटिभ देखिएपछि लखनउको एसजीपीजी अस्पतालमा भर्ना गरिएकी ६२ वर्षकी वरुणको आज बिहान मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतमा गएको २४ घण्टामा ५७ हजार १ सय १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै भारतमा कोरोना सङ्क्रमण पुष्टि भएकाहरुको सङ्ख्या साढे १७ लाख नाघेको छ । त्यहाँ आज मात्रै २ हजारभन्दा धेरै कोरोना सङ्क्रमित थपिएका छन् ।
यस्तै ज्यान गुमाउनेको सङ्ख्या ३७ हजार नाघेको छ । गएको सोमबार कोरोना रिपोर्ट पोजेटिभ आएपछि अस्पताल भर्ना भएकी कर्नाटकको चित्रदुर्गकी १ सय १० वर्षकी वृद्धा निको भएपछि हिजो डिस्चार्ज गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
प्रतिक्रिया