देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नारायणगढ-मुग्लिन सडकखण्ड प्रयोग गरेबापत कर तिर्नुपर्ने

देशान्तर

काठमाडौँ । सरकारले अबदेखि नारायणगढ–मुग्लिन सडकखण्ड प्रयोग गरेबापत कर उठाउने भएको छ । मन्त्रिपरिषदको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा यस्तो व्यवस्था गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिएका छन् ।

प्रवक्ता खतिवडाले नारायणगढ–मुग्लिन सडकखण्डमा हलुका सवारी साधनको लागि प्रतिटिप २५ रुपैयाँ र भारी सवारी साधनको लागि ५५ रुपैयाँ सडक उपभोग दस्तुर संकलन गर्न सरकारले स्वीकृति दिएको जानकारी दिएका छन् ।

विहिबार मन्त्रिपरिषदका निर्णय सार्बजनिक गर्दै प्रवक्ता खतिवडाले भने, ‘नियमित मर्मत सम्भार गर्न स्रोतको अभाव नहोस् भन्नको लागि सडक मर्मतसम्भार दस्तुर लिने चलन भएकोले नारायण–मुग्लिन सडकखण्ड प्रयोग गरेबापत हलुका सवारी साधनको लागि प्रतिटिप २५ रुपैयाँ र भारी सवारी साधनको लागि ५५ रुपैयाँ सडक उपभोग दस्तुर संकलन गर्न स्वीकृति दिने निर्णय भएको छ ।’