देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ट्रम्पको सुझाव : हाइड्रोक्सी क्लोरोक्विन औषधी प्रयोग गराैं

देशान्तर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः हाइड्रोक्सी क्लोरोक्विनको प्रयोगको पक्षमा वकालत गरेका छन् ।

अमेरिकामा कोरोना भाइरसको महामारीले बिकराल रुप लिइरहेको बेला कोरोना रोकथामका लागि उनले हाइड्रोक्सी क्लोरोक्विनले मुटुको रोग निम्ताउन सक्ने कुनै प्रमाण नभएको भन्दै स्वास्थ्यकर्मीको चर्को आलोचना गर्दै यो औषधीको सेवन उचित रहेको प्रतिक्रिया पनि दिए ।

कोरोना भाइरस बिरुद्ध लड्न राष्ट्रपति ट्रम्पले यही औषधी सेवन गरिरहेके अवस्थामा गत महिना युएस फुड एण्ड ड्रग एडमिनिस्ट्रेशननले कोरोना भाइरसको उपचारका लागि यो औषधीको प्रयोग गर्न नहुने तर्क दिएको थियो ।

ट्रम्पले यो औषधीले शरीरमा कुने गम्भीर असर नपर्ने भन्दै यसको प्रयोगमा रोक लगाउन दुःखद बिषय भएको भन्दै यसको सेवन गर्नु उचित भएको बताए ।

ट्रम्पको यो भनाई उनका जेठा छोराले सामाजिक सञ्जाल ट्वीटर मार्फत हाइड्रोक्सी क्लोरोक्विनको कोरोना भाइरसका लागि उपयोगी सावित हुने स्टाटस पोष्ट गरेपछी आएको हो ।

यसैबीच राष्ट्रपति ट्रम्पका छोरा ट्रम्प जुनिएरको ट्वीट एकाउण्टमा १२ घण्टासम्म प्रतिबन्ध लगाइएको थियो ।