देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुनको मूल्यमा निरन्तर नयाँ रेकर्ड कायम, तोलाको ९६ हजार ३ सय

देशान्तर

काठमाडों । सुनचाँदीको मूल्यले निरन्तर नयाँ रेकर्ड कायम गर्दै आएको छ । आज सुन तोलाको ९६ हजार नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुन तोलाको ९६ हजार ३ सय रुपैयाँ कायम गरेको छ ।

शुक्रबार भने तोलाको ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यो हालसम्मकै उच्च मूल्य हो । यस्तै तेजाबी सुनको मूल्य पनि तोलाको ९५ हजार ८ सय ६० रुपैयाँ पुगेको छ । गत शुक्रबार तोलाको ९५ हजार ३ सय ६५ मा कारोबार भएको थियो । चाँदीको मूल्य पनि निरन्तर बढेर तोलाको १ हजार १ सय ५५ रुपैयाँ पुगेको छ ।

शुक्रबारको तुलनामा तोलामा ५ रुपैयाँले बढेको हो ।