देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोना अपडेट : संक्रमितको संख्या १ करोड ४० लाख नाघ्यो

देशान्तर

काठमाडौं । विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या एक करोड ४० लाख नाघेको छ। शनिबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर १ करोड ४० लाख ६० हजार ४ सय २ जना मानिस संक्रमित भएको तथ्यांक रहेको छ।

संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ३६ लाख ४१ हजार ५ सय ३९ पुगेको छ। त्यस्तै ब्राजिलमा २० लाख ४६ हजार ३ सय २८ , भारतमा १० लाख ३ हजार ८ सय ३२ र रुसमा ७ लाख ५८ हजार १ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।

त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ६ लाख नाघेको छ। पछिल्लो तथ्यांक अनुसार ६ लाख १ हजार ८ सय २० जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ। अमेरिकामा १ लाख ३९ हजार १ सय ७६, ब्राजिलमा ७७ हजार ८ सय ५१ , बेलायतमा ४५ हजार ३ सय १८, मेक्सीकोमा ३८ हजार ३ सय १०, इटालीमा ३५ हजार २८ जनाको मृत्यु भएको छ।

विश्वभर ७८ लाख ६१ हजार ८ सय २३ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या ब्राजिलमा सर्वाधिक रहेको छ। शनिबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा १४ लाख २८ हजार ५ सय २०, अमेरिकामा ११ लाख ७ हजार २ सय ४, रुसमा ५ लाख ३८ हजार ४ सय ६७ जना संक्रमणमुक्त भएका छन्।

नेपालमा पनि १७ हजार ४ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ११ हजार ५ सय ३४ जना संक्रमणमुक्त भएका छन् भने ४० जनाको मृत्यु भएको छ। भारतमा संक्रमितको संख्या १० लाख ३ हजार ८ सय ३२ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या २५ हजार ६ सय २ पुगेको छ। भारतमा हालसम्म ६ लाख ३५ हजार ७ सय ५७ संक्रमित संक्रमणमुक्त भएका छन्।

पाकिस्तानमा हालसम्म २ लाख ५९ हजार ९ सय ९९ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ५ हजार ४ सय ७५ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म १ लाख ८३ हजार ७ सय ३७ जना उपचारपछि निको भएका छन्। श्रीलंकामा संक्रमितको संख्या २ हजार ६ सय ९७ रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या ११ छ भने निको हुनेको संख्या २ हजार १२ रहेको छ।

बंगलादेशमा कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार ३ सय ५७ पुगेको छ। बंगलादेशमा हालसम्म २ हजार ५सय ४७ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा १ लाख ८ हजार २५ छ। अफगानिस्तानमा संक्रमितको संख्या ३५ हजार २ सय २९ पुगेको छ। अफगानिस्तानमा १ हजार १ सय ४७ जनाको मृत्यु भइसकेको छ भने २३ हजार १ सय ५१ उपचारपछि निको भएका छन्।

भुटानमा संक्रमितको संख्या ८६ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ७८ छ। माल्दिभ्समा संक्रमितको संख्या २ हजार ९ सय १३ रहेको छ। मृत्यु हुनेको संख्या १५ छ भने उपचारपछि निको हुनेको संख्या २ हजार ३ सय ४० पुगेको छ ।