काठमाडौं । भारतमा एकैदिन कोरोना भाइरस कोभिड–१९ का ३२ हजार बढी नयाँ संक्रमित थपिएका छन् ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३२ हजार ६९५ जना नयाँ संक्रमित थपिएका हुन् । यससँगै भारतमा कोरोना भाइरसका समग्र संक्रमितको संख्या नौ लाख ६८ हजार ८७६ पुगेको छ । त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको कारण ६०६ जनाको मृत्यु भएको छ ।
यससँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि २४ हजार ९१५ पुगेको छ । अहिलेसम्म भारतमा कोरोनाका ६ लाख १२ हजार ८१५ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।
प्रतिक्रिया