काठमाडौं । केहि भारतीय सञ्चारमाध्यमको ‘नियोजित र आपतिजनक’ सामग्री प्रशारण–प्रकाशनलाई लिएर सरकारले भारतलाई कूटनीतिक नोट पठाएको छ ।
नेपालले भारतलाई आइतबार कूटनीतिक नोट पठाउँदै भारतीय मिडियामा नेपालविरोधी सामग्री प्रकाशन र प्रसारण नहुने सुनिश्चित गर्न माग गरिएको छ ।
भारतीय टेलिभिजन जी न्युजले पछिल्लो पटक प्रधानमन्त्री केपी ओली र चिनियाँ राजदूतविरुद्ध जथाभावी सामग्री प्रसारण गरेपछि नेपालमा चर्को विरोध हुँदै आएको छ ।
जी न्युजसहित केही भारतीय समाचार च्यानल नेपालमा प्रसारणमा रोक लागिसकेको छ । परराष्ट्र मन्त्रालयले भारतीय विदेश मन्त्रालयको उत्तर डिभिजनलाई कूटनीतिक नोट पठाएको मन्त्रालय स्रोतले जनाएको छ ।
तर, नोटले गम्भीर कूटनीतिक हैसियत नराख्ने जानकारहरूको भनाइ छ । दिल्लीस्थित नेपाली राजदूतावासले यसमा पहल नगरेका वेला परराष्ट्रले नोट पठाएको हो ।
प्रतिक्रिया