देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुनको भाउमा नयाँ रेकर्ड

देशान्तर

काठमाण्डौ – सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । सुन आज एकैदिन तोलामा ९ सय रुपैयाँ बढेर अहिलेसम्मकै धेरै तोलाको ९२ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुन हिजो तोलामा ६ सय रुपैयाँ बढेर तोलाको ९१ हजार ५ सय रुपैयाँ तोकिएको थियो । यसअघि गएको असार १७ गते सुन तोलाको ९१ हजार ७ सय रुपैयाँ पुगेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ महंगो भएकाले नेपालमा पनि महङगो भएको व्यवसायीले बताएका छन् । कोरोनाका कारण अस्थिर बनेको सुनको भाउ कहिले घट्ने र कहिले बढ्ने गरेको छ । चाँदीको भाउ पनि आज तोलामा २५ रुपैयाँ बढेर तोलाको ९ सय ८५ रुपैयाँ पुगेको छ ।