देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अमेरिकामा विद्यालय खाेल्ने तयारी

देशान्तर

जोन्स हपकिन्स विश्वबिद्यालयका अनुसार अमेरिकाको ३१ लाख भन्दा वढी जनता कोरोना संक्रमित भएको अवस्थामा पनि त्यहाँका बिद्यालयहरु खोल्ने तयारी गरिएको छ ।

मंगलबार एकै दिन ६० हजार बढीको संक्रमित फेला परेतापनि बिद्यालयहरु खोल्ने तयारी अमेरिकी सरकारले गरको हो ।

ह्वाइट हाउसका प्रवक्ता माइक पेन्सले कोराना भाइरस नियन्त्रणका लागि कडा नियमहरु लागू गर्नु ठिक होइन भन्दै स्कूलहरु अव चाँडै नै खोल्ने तयारी गरिएको बताएका छन् ।

यसैबीच, अमेरिकी संक्रामक रोग बिशेषज्ञ तथा ह्वाइट हाउसका सल्लाहाकार डा एन्थोनी फौसीले अहिलेको अवस्थामा बिद्यालयहरु खोल्नु घातक हुने बताए ।

उनले अमेरिकामा हालसम्म पनि कोरोना नियन्त्रणमा आइनसकेको र भयावह स्थिती यथावत रहेका कारण विद्यालयहरु खोल्ने निर्णय गलत सावित हुने प्रतिक्रिया दिएका छन् ।

यता अमेरिकाको टेक्सस राज्यमा एकैदिन १० हजार भन्दा बढी संक्रमितहरु फेला पर्ने गरेका छन् ।

अमेरकामा कोरोना संक्रमित दिनानुदिन थपिंदै गएतापनि सामाजिक दुरी कायम नगर्ने र मास्क समेत प्रयोग नगर्नेको संख्या पनि उतिकै छ भने रेष्टुराँ, होटलहरुमा मानिसको चहलपहल बढी हुने गरेको छ ।