देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उपत्यकामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि

देशान्तर

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल सङ्क्रमित १६ हजार ४२३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभएको हो । यस्तै, आज काठमाडौँ उपत्यकामा सङ्क्रमित सङ्ख्या २३ पुगेको छ । काठमाडौँमा १६ जना र ललितपुरमा ७ जना सङ्क्रमित भएका छन् ।

क्वारेन्टाइनमा २४ हजार ४०, आइसोलेसनमा आठ हजार ६३६ रहेका छन् । आज २५३ जना निको भएर डिस्चार्ज हुनुभएको छ । योसँगै सातहजार ७५२ पुगेको छ । यो ४७।२ प्रतिशत भन्दा बढी सङ्क्रमित स्वास्थ्य लाभपछि घरमा डिस्चार्ज भएका छन्।