देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कास्कीमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि

देशान्तर

काठमाडौं । पोखरा महानगरपालिकामा १० सहित कास्कीमा कोरोनाका १३ संक्रमित थपिएका छन् । यो सँगै प्रदेशमा कोरोना संक्रमितको कुल संख्या एक हजार १२९ पुगेको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरामा थपिएका दशै जना संक्रमित पुरुष हुन् । यसैगरि, माँदी गाउँपालिकामा १ महिला र दुई पुरुषमा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो अपडेटअनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ४ जनाले ज्यान गुमाएका छन् भने निको हुनेको संख्या ३ सय ४३ पुगेको छ ।