देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बाँकेमा नौ जना कोरोना सङ्क्रमित निको भएर डिस्चार्ज

देशान्तर

काठमाडौ । बाँकेमा आज थप नौ जना कोरोना सङ्क्रमित निको भएर डिस्चार्ज भएका छन् ।

बनकटुवा प्राथमिक स्वास्थ्य केन्द्र आइसोलेसन केन्द्रबाट बैजनाथ गाउँपालिकाका सात जना र आइसोलेसन केन्द्र पिपिरीबाट कोहलपुर नगरपालिकाका दुई जना निको भएर डिस्चार्ज भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

योसँगै बाँकेमा कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या तीन सय ४८ पुगेको छ । बाँकेमा अब १८ जना मात्र आइसोलेसनमा छन् । जिल्लामा तीन सय ६८ जनामा सङ्क्रमण पुष्टि हुँदा दुई जनाको भने मृत्यु भएको छ ।