देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हावाबाट कोरोना भाइरस फैलने’ प्रमाणलाई विश्व स्वास्थ्य सङ्गठनद्धारा स्वीकार

देशान्तर

काठमाण्डौ – विश्व स्वास्थ्य सङ्गठन ( डब्ल्यूएचओ) ले कोरोना भाइरस सङ्क्रमण हावाबाट फैलन सक्ने प्रमाण जुट्दै गरेको मङ्गलबार स्वीकार गरेको छ । एरोसोल भनिने हावामा रहने साना कणबाट कोरोना फैलिन सक्ने प्रमाण जुट्दै गरेको डब्ल्यूएचओले स्वीकार गरेको हो ।

यसअघि विभिन्न देशका वैज्ञानिकहरुको एक समूहले खुला चिठी लेख्दै डब्ल्यूएचओलाई आफ्नो वर्तमान दिशानिर्देशमा सुधान गर्न अपिल गरेको थियो ।

डब्ल्यूएचओमा कोभिड–१९ महामारीसँग जोडिएको प्राविधिक लिड डाक्टर मारिया वा केरखोवले एक समाचार ब्रिफिङमा भने, हामी हावाबाट कोरोनाको सङ्क्रमण फैलिने आशङ्कामाथि कुरा गरिरहेका छौँ । यस सम्बन्धमा विश्व स्वास्थ्य सङ्गठनकी बेनेदेत्ता आल्लेग्रान्जीले कोरोना भाइरस हावाको माध्यमबाट फैलिने प्रमाण जुट्दै गरेको तर अहिले नै यो पुष्टि भइसकेको भन्न नमिल्ने बताइन् ।

उनले भनिन्, ‘सार्वजनिक स्थान, खासगरी भिडभाड हुने क्षेत्र, कम हावा भएको र बन्द क्षेत्रमा हावाको माध्यमबाट भाइरस फैलिने कुरालाई नकार्न सकिँदैन । यद्यपि यी प्रमाणलाई एकत्र गर्न र सम्झनु आवश्यक छ । हामी यो कार्यलाई जारी राख्नेछौँ ।

यसअघिसम्म विश्व स्वास्थ्य सङ्गठनले सार्स–कोभिड–२ ९कोरोना० भाइरस मुख्य रुपमा सङ्क्रमित व्यक्तिको नाक र मुखबाट निस्कने सानो छिटाको माध्यमबाट फैलिने बताउँदै आएको थियो ।