ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
६५ वर्षीय राष्ट्रपति बोलसोनारोले हिजो टेलिभिजनमार्फत सम्बोधन गर्दै आफूमा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिएका छन् ।
उच्च ज्वरोका कारण सोमबार उहाँले कोरोना भाइरसको परीक्षण गराएका थिए । हिजो आएको रिपोर्टमा उनलाई कोरोना भाइरसको संक्रमण देखिएको उल्लेख गर्दैयसमा डराउनुपर्ने कुनै कारण नरहेको बताए ।
उनी मास्क र सामाजिक दूरीको पक्षमा नभएको भन्दै आलोचना हुने गरेको थियो । ब्राजिल कोरोना भाइरसको संक्रमणका हिसाबले अमेरिकापछि संसारको सबैभन्दा बढी प्रभावित मुलुक हो ।
ब्राजिलमा कोरोना भाइरस संक्रमणका कारण ६६ हजारभन्दा बढीको मृत्यु भएकाे छ । त्यहाँ एकै पटक ४८ हजार ५ सय ८४ संक्रमित थपिदा संक्रमितको संख्या १६ लाख ७४ हजार भन्दा बढि भएको छ ।
प्रतिक्रिया