देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अमेरिकामा कोरोना संक्रमित संख्या साढे ३० लाख पुग्यो, ब्राजिलमा ६५ हजार बढीको मृत्यु

देशान्तर

अमेरिकामा कोरोना भाइरस (कोभिड-१९)बाट संक्रमित हुनेकाे कुल संख्या दैनिक रूपमा तीव्र वृद्धि भइरहेकाे छ । त्यहाँ साेमबार पनि ५० हजारबढी नयाँ संक्रमित फेला परेका छन् ।

विभिन्न तथ्यांक निकाल्ने संस्था वर्ल्डो मिटर्सका अनुसार अमेरिकामा साेमबार एकै दिन मात्र ५० हजार २६२ जनामा संक्रमण पुष्टि भएकाे छ । मंगलबार बिहानसम्म त्यहाँ कुल संक्रमित संख्या ३० लाख ४० हजार ५०९ पुगेकाे छ ।

त्यहाँ हालसम्म १ लाख ३२ हजार ९७८ जनाकाे भाइरस संक्रमणका कारण मृत्यु भइसकेकाे छ । साेमबार त्यहाँ काेराेनाबाट ३७७ जनाकाे ज्यान गएकाे छ । मृत्युका केसहरूमा भने दैनिक उतारचढाब जारी छ । अाइतबार त्यहाँ २६२ जनाकाे मृत्यु भएकाे थियाे भने शनिबारचाहिँ २६५ काे मात्र ज्यान गएकाे थियाे ।

अमेरिकामा पछिल्लो समय कोरोना भाइरस संक्रमण तीव्र हुँदै गए पनि भाइरस कमजोर हुँदै गएको बताइन्छ । किनकि संक्रमण दरको तुलनामा मृत्युदर घटिरहेको छ भने निको हुनेको संख्या बढिरहेको छ । अझ सक्रिय उमेर समूहका युवाहरूमा संक्रमण बढी फैलिरहनुले यो कमजोर हुँदै गइरहेको बताइन्छ ।

अमेरिकामा निको हुनेको संख्या बढिरहेको छ । हालसम्म १३ लाख २४ हजारभन्दा बढी मानिस पूर्ण रूपमा निको भइसकेको जनाइएको छ । पछिल्लो २४ घण्टामा ९सोमबार० त्यहाँ ३४ हजार ८१९ जना संक्रमणमुक्त भएका छन् । यद्यपि अझै १५ लाख ८३ हजारभन्दा बढी मानिसमा कोरोना भाइरस सक्रिय रहेको छ ।

यी दृश्यहरूबाट पनि अमेरिकामा संक्रमण तत्काल नियन्त्रणमा नआउने बताइएको छ । अमेरिकाका संक्रामक रोगका विशेषज्ञ तथा टास्क फोर्सका सदस्य डाक्टर एन्थोनी फाउचीले अमेरिकामा हालसम्म पनि कोरोना भाइरसको महामारीलाई पूर्ण रुपमा नियन्त्रण गर्न नसकिएको बताइरहेका छन् ।

ब्राजिल

उता अमेरिकालाइ पछ्याइरहेको ब्राजिलमा भने संक्रमण दर अघिल्ला दिनहरूको तुलनामा केही घटेको छ । त्यहाँ सोमबार एकै दिन २१ हजार ४८६ जनामा संक्रमण पुष्टि भएको छ । आइतबार र शनिबार क्रमशः २६ हजार २०९ र ३५ हजार ३५ जनामा संक्रमण पुष्टि भएको थियो । यससँगै त्यहाँ कुल संक्रमित संख्या १६ लाख २६ हजार नाघेको छ ।

कोरोना भाइरसकै कारण त्यहाँ सोमबार ६५६ जनाको मृत्यु भएको छ । आइतबार पनि ५३५ को मृत्यु भएको थियो । अहिलेसम्म ब्राजिलमा कोरोना संक्रमणका कारण कुल ६५ हजार ५५६ जनाले ज्यान गुमाइसकेका छन् ।

तर त्यहाँ निको हुने दर पनि बढी छ । ब्राजिलमा हाल कोरोना संक्रमितमध्ये ९ लाख ७८ हजारभन्दा बढी मानिस निको भइसकेका छन् । हाल त्यहाँ ५ लाख ८१ हजारभन्दा बढी मानिस संक्रमित अवस्थामै रहेको जनाइएको छ ।