काठमाडौं । पार्टीभित्र आन्तरिक किचलो बढिरहेको बेला केही युवाहरुले बिहीबार माइतीघरमा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा जुलुस निकालेका छन् । युवाहरुले प्रधानमन्त्री ओलीले देश र जनताको पक्षमा राम्रो काम गरेको भन्दै उनको समर्थनमा जुलुस निकालेका हुन् ।
राजधानीको माइतीघर क्षेत्रमा भेला भएका युवाहरुले ओलीको तस्बिर र लिप्पियाधुरा समेटिएको नेपालको नक्सा र ब्यानरसहित जुलुस निकालेका हुन् । उनीहरुले ओलीले भारतले मिचेको लिप्पियाधुरासहितको नक्सा जारी गरेर राष्ट्रवादी छवि बनाएको भन्दै सपोर्ट पीएम केपी ओली ह्यासट्याग समेत प्रयाग गरेका थिए ।
प्रतिक्रिया