देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एलएलबीका लागि ४५ प्रतिशत अंक अनिवार्य

देशान्तर

त्रिभुवन विश्वविद्यालयको तीनवर्षे एलएलबी कार्यक्रमलाई सेमेस्टर प्रणालीमा लैजान र भर्ना हुनका लागि ४५ प्रतिशत अंक ल्याउनुपर्ने प्रावधान राख्न सुझाब पेस भएको छ । त्रिभुवन विश्वविद्यालयले कानुनी शिक्षाको सम्बन्धमा सुधार, पुनरावलोकन र परिमार्जनका लागि राय–सुझाब पेस गर्न गठन गरेको समितिले सुझाब दिएको हो ।

एलएलबी अध्ययनका लागि त्रिविको आंगिक क्याम्पस नेपाल ल क्याम्पसमा थोरै सिटका लागि धेरै विद्यार्थी भर्नाका लागि दबाब परेपछि विवाद भएको थियो । त्यसपछि त्रिविले प्रा. पूर्णमान शाक्यको संयोजकत्वमा कानुनी क्षेत्रका विज्ञसहितको समिति गठन गरेको थियो ।

समितिले बुझाएको प्रतिवेदनमा एलएलबीमा भर्ना आवेदनका लागि स्नातक तहमा कम्तीमा ४५ प्रतिशत अंक ल्याएको हुनुपर्ने, प्रवेश परीक्षा उत्तीर्ण गर्न ४५ प्रतिशत अंक ल्याउनुपर्ने व्यवस्था गर्न सुझाएको हो । यसअघि प्रवेश परीक्षा उत्तीर्ण गर्न ३५ प्रतिशत अंक ल्याउनुपथ्र्यो । नयाँ पत्रिकामा खबर छ।