ब्राजिलका राष्ट्रपति राष्ट्रपति जइर बोल्सोनारूलाई अदालतले मास्क लगाएर मात्र हिड्न आदेश दिएको छ । संघीय न्यायधीश रेनाटो बोरेर्लीले आदेशको पालना नगरेमा उनीमाथि जरिवाना समेत गर्न आदेश दिएका हुन् ।
बोल्सोनारूमाथि कोरोना संक्रमणलाई गम्भिरतापूर्वक नलिएको आरोप लाग्दै आएको छ । आदेशको उलग्घन गरेमा उनीमाथि प्रति दिन ३ सय ८६ डलर बराबरको जरिवाना हुने छ । अदालतले राष्ट्रपतिसँगै सबै सरकारी अधिकारीलाई पनि मास्क अनिवार्य लगाउन भनेको छ ।
सरकारको कोरोना संक्रमण नियन्त्रणका लागि अप्रिल ३० देखि नै सार्वजनिक स्थानमा मास्क प्रयोग अनिवार्य गरेको छ । तर बोल्सोनारू सार्वजनिक स्थलमा मास्क नलगाई उपस्थित हुने गरेका छन् । ब्राजिलमा हालसम्म ११ लाख संक्रमित छन् भने ५१ हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया