देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अमेरिकाले चीनिया नेताहरुलाई भिसामा प्रतिवन्ध लगाउने!

देशान्तर

अमेरिकाका विदेश मन्त्री माइक पोम्पेओले चिनियाँ कम्युनिष्ट पार्टी (सिसिपी) का अधिकारीमाथि भिसा प्रतिबन्ध लगाउने तयारी गरेको बताएका छन् ।

नयाँ सुरक्षा कानून ल्याएर हङकङको स्वतन्त्रता कमजोर बनाएको भन्दै अमेरिकाले चिनियाँ कम्युनिष्ट पार्टीका अधिकारीलाई भिसा नदिने तयारी गरेको उनले बताए ।

नयाँ प्रतिबन्ध सिसिपीका वर्तमान तथा पूर्व अधिकारीमाथि केन्द्रित रहने विदेश मन्त्री पोम्पेओले बताउनुभयो । यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले हङकङको स्वायत्तता कमजोर बनाउने चिनियाँ अधिकारीलाई दण्ड दिने बताउनुभएको थियो ।
केही दिनपछि चीनको संसद बैठक बस्दैछ । नेशनल पिपुल्स कंग्रेसको स्थायी कमिटिले नयाँ सुरक्षा कानूनमाथि छलफल गर्ने छ । सो बैठक आइतबारदेखि सुरु हुनेछ ।

नयाँ सुरक्षा कानून अनुसार चीनले हङकङमा पहिलो पटक आफ्नो सुरक्षा एजेन्सीको कार्यालय खोल्दैछ । यसको विरोधमा हङकङमा प्रदर्शन भएका छन् भने अन्तर्राष्ट्रिय समुदायले पनि गम्भीर चासो र चिन्ता व्यक्त गरेका छन् ।