काठमाडौ । यस वर्षको हजमा साउदी अरबले विदेशी तीर्थयात्रीलाई प्रतिबन्ध लगाउने भएको छ ।
साउदी सरकारले आफ्नो देशका तीर्थयात्रीले मात्र भाग लिन पाउने निर्णय पनि गरेको छ ।
कोरोना भाइरस संक्रमणको डरमा कारण यस वर्ष विश्वभरबाट आउने तीर्थयात्रीलाई मक्का मदिनामा बन्देज लगाइएको हो ।
साउदी सरकारले हजलाई प्रतिबन्ध नलगाइने तर देशभित्रका बाहेक अरुलाई अनुमति नदिने जनाएको हो । सीमित संख्यालाई मात्र प्रवेश दिइने साउदी सरकारले जनाएको हो ।
साऊदी अरब सरकारको हज मन्त्रालयले कोरोना भाइरस संक्रमणका कारण यस वर्ष सीमित हाजीलाई मात्र अनुमति दिने जनाएको हो ।
अनुमति साऊदी अरबका नागरिकले मात्र पाउने उसले जनाएको छ । तर अनुमति पाउनेले पनि सुरक्षाका सबै उपाय अपनाउनुपर्ने जनाइएको छ । बकरीदको समयमा हुने हज यस वर्ष आउँदो अगस्टको पहिलो साता हुँदैछ ।
प्रत्येक वर्ष हज गर्न २० लाखभन्दा बढी मुसलमान मक्का मदिना पुग्ने गर्दछन् ।
प्रतिक्रिया