काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ३७५ जनाको मृत्यु भएको छ ।
योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या १२ हजार ९४८ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १४ हजार ५१६ जना संक्रमित पुष्टि भएको छ ।
यो अहिलेसम्म एकै दिन संक्रमण पुष्टि भएको सबै भन्दा ठुलो संख्या हो । भारतमा अहिलेसम्म ३ लाख ९५ हजार ४८ जना संक्रमित भएका छन् । यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिल र रसियापछि चौथो स्थानमा उक्लिएको छ ।
भारतमा अहिलेसम्म २ लाख १३ हजार ८३१ जना ठिक भएका छन् भने एक लाख ६८ हजार २६९ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् । त्यसैगरी विश्वभर कोरोना संक्रमितको संख्या ८७ लाख ५८ हजार २७१ पुगेको छ भने मृतकको संख्या ४ लाख ६२ हजार ५२५ पुगेको छ ।
त्यस्तै विश्वभर ४६ लाख २५ हजार ४९७ जना कोरोना संक्रमित ठिक भएका छन् ।
प्रतिक्रिया