देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

यादव र सदाका परिवारलाई प्रदेश सरकारले ५-५ लाख रुपैयाँ दिने

देशान्तर

जनकपुरधाम । प्रदेश नं २ को सरकारले शम्भु सदा र वीरेन्द्र यादवको परिवारलाई राहतस्वरुप पाँच-पाँच लाख निर्णय गरेको छ । मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद्को बैठकले राहत दिने निर्णय भएको मुख्यमन्त्रीका प्रेस संयोजक आतिस मिश्रले जानकारी दिए ।

हिरासतमा निधन भएका सदा र भारतबाट आउँदै गर्दा जटही नाकामा मृत्यु भएका यादवको परिवारलाई सो रकम राहतस्वरुप उपलब्ध गराउने निर्णय भएको हो ।