देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारत-चीन सीमामा झडप, एक कमाण्डरसहित तीन भारतीय सैनिकको मृत्यु

देशान्तर

नयाँ दिल्ली । भारत र चीनका सैनिकबीच लद्दाखको गलवान उपत्याकामा झडप हुँदा एक अधिकारीसहित तीनजनाजना भारतीय सैनिकको ज्यान गएको छ। भारत सरकारका एकजना अधिकारीका अनुसार गलवान उपत्यकाको सीमामा सैनिकहरुबीच एकापसमा विवाद हुँदा झडपको रुप लिएको हो।

भारतीय सेनाका अनुसार भारत-चीन सीमास्थित गलवान घाँटीमा सोमवार राति एकजना कर्णेल र दुईजना जवानको ज्यान गएको हो। दुई देशका सैनिकबीच भएको भिडन्तमा यो क्षति भएको हो। भारतीय सेना मु्ख्यालयले पनि यो भिडन्तमा चीनको सेनाले पनि ठूलो क्षति व्यहोर्नुपरेको दाबी गरेको छ।

तर अहिलेसम्म चीनका कतिजना सैनिक मारिए या घाइते भए भन्‍ने केही पनि खुल्न सकेको छैन। यसबारेमा चिनियाँ अधिकारीले पनि स्पष्ट जानकारी दिएका छैनन्।  भारतीय सेना मुख्यालयका अनुसार दुवै देशका वरिष्ठ सैन्य अधिकारी अहिले मामिला सुल्झाउन घटनास्थलमा बैठक गरिरहेका छन्।