काठमाडौं । सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष ०७७र७८ को बजेट सार्वजनिक गर्दैछन् । संविधानतः संघीय सरकारले जेठ १५ मा र प्रदेश सरकारले असार १ मा बजेट सार्वजनिक गर्नुपर्छ।
प्रदेश सरकारहरुले आ–आफ्नो प्रदेशअनुरुप प्राथमिकता निर्धारण गरेर बजेट तयार पारेको जनाएका छन् । कोभिड–१९को महामारीका बिचमा आउने भएका कारण यसपटकको बजेटले स्वास्थ्य तथा कृषि क्षेत्रलाई प्राथमिकतामा राख्ने प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रीहरुले जानकारी दिएका छन् ।
संघीय सरकारले नै बजेटको आकार घटाएका कारण प्रदेश सरकारहरुले पनि बजेटको आकार घटाउने भएका छन्
प्रतिक्रिया