देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोना देखिएपछि बेइजिङको प्रमुख सीफुड र तरकारी बजार बन्द

देशान्तर

बेइजिङ । कोभिड–१९ बाट सङ्क्रमित ५३ नयाँ विरामी भेटिएपछि चीनले राजधानीस्थित प्रमुख सीफुड र तरकारी बजार सिनफादी बजारलाई बन्द गर्ने घोषणा गरेको छ ।

सिनफादी बजारमा काम गर्ने वा पसल गर्ने ५३ जनामा कोरोना भाइरसको सङ्क्रमण भेटिएपछि चिनियाँ प्रशासनको यो निर्णय लिएको हो ।

कोभिड–१९ का नयाँ विरामी भेटिएपछि चीन सरकारले अस्थायीरूपमा सिनफादी सीफुड तथा तरकारी बजार तथा नजिकमा रहेका ११ आवासीय क्षेत्र तथा नौ विद्यालयलाई लकडाउन गरेको न्यूयोर्क टाइम्सले बेइजिङस्थित चिनियाँ जनस्वास्थ्य आयोगलाई उद्धृत गरी समाचार लेखेको छ ।

विगत केही समय (महिनौ) देखि चीनले कोरोनाभाइरस नियन्त्रणमा ल्याएको बताउँदै आएको भएपनि पछिल्ला केही हप्तामा यदाकदा नयाँ सङ्क्रमित विरामीहरू भेटिन थालेका छन् ।