काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदमिर जेलेन्स्कीकी श्रीमती ओलेना जेलेन्स्कामा संक्रमण पुष्टि भएको छ । आफूलाई कोरोनाभाइरसको संक्रमण भएको उनले शुक्रबार फेसबुकमार्फत् जानकारी दिएकी हुन् ।
पत्नीलाई कोरोना पुष्टि भएपछि राष्ट्रपति जेलिन्स्कीले आफ्ना सबै बैठक रद्द गरेका छन् । ‘आगामी दिनमा हुने सबै बैठक, सार्वजनिक कार्यक्रम तथा राजधानी बाहिरबाट आएका सबै प्रस्ताव रद्द गर्नुभएको छ’ उनका प्रवक्ताले भने ।
राष्ट्रपति भोलोदमिर र उनका छोराछोरीको कोरोना परीक्षणको रिपोर्ट भने नेगेटिभ आएको छ । उनी अलग्गै बसेकी छन् ।
प्रतिक्रिया