देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विपक्षीले अमेरिकालाई विभाजन गर्न खोजेका छन् : ट्रम्प

देशान्तर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जातीय विभेदविरुद्धको प्रदर्शनको निन्दा गरेका छन् ।

आफ्नो चुनावी अभियानका क्रममा राष्ट्रपति ट्रम्पले जातीय विभेदविरुद्ध भएका प्रदर्शनहरु हिंसात्मक भएको भन्दै तत्काल रोक्न निर्देशन समेत दिएका छन् ।

उनले आफूले अमेरिकी नागरिकका लागि राम्रो काम गरेकाले तोडफोड र आगजनीका घटनाहरु नियन्त्रण गर्न निर्देशन दिएका हुन् ।

दुई हप्ताअघि अश्वेत अमेरिकन नागरिक जर्ज फ्लोइडको प्रहरीले नियन्त्रणमा लिने क्रममा हत्या गरिएको भन्दै सर्वत्र विरोध भइरहेका बेला राष्ट्रपति ट्रम्पले ती प्रदर्शनहरु न्यायका लागि नभइ हिंसात्मक भएको जिकिर गरेका हुन् ।
डलासमा भएको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति ट्रम्पले सुरक्षाकर्मीलाई अझ सुविधसम्पन्न बनाउन थप लगानी गर्ने बताए ।

केही विपक्षीले देशलाई विभाजन गर्न उठाएको जातीय नाराको विपक्षमा आफू रहेको भन्दै उनले त्यसलाई पूरा हुनै नदिने प्रतिवद्धता व्यक्त गरे ।

पछिल्ला दिनहरुमा फ्लोइड हत्या प्रकरणलाई लिएर राष्ट्रपति ट्रम्पका अभिव्यक्तिले विपक्षी दल र अमेरिकी नागरिक आन्दोलित भएका छन् ।

उनीहरुले राज्यले नै विभेद गरेको भन्दै विरोध गरिरहेका हुन् । जातीय र रंगभेदविरुद्ध अमेरिका मात्र नभई विश्वभर नै प्रदर्शनहरु भइरहेका छन् ।

अमेरिकाका पूर्व राष्ट्रपतिहरुले देखाएको सहानुभूति र ट्रम्पका अभिव्यक्तिले हिंसा भड्काउने खालका भएको कतिपय विश्लेषकहरुले बताएका छन् ।

उनीहरुले ट्रम्पकै अभिव्यक्ति र कार्यशैलीले अमेरिकालाई जातीय विभेदमा विभाजन गर्न खोजेको टिप्पणी गरेका छन् ।