देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ट्रम्पको चुनाव प्रचार यसै सातादेखि

देशान्तर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी निर्वाचनका लागि प्रचारप्रसार थाल्ने बताएका छन् । राष्ट्रपति ट्रम्पले चार राज्यमा आफ्ना चुनावी सभाहरु आयोजना गर्ने बताएका छन् ।
गत वर्षको अन्तिमदेखि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण स्थगित भएको चुनावी सभा पुनः सुचारु गर्ने ट्रम्पले बताएका हुन् ।

कोरोनाका कारण विगत तीन महिना खेर गएको भन्दै राष्ट्रपति ट्रम्पले अब भने चुनावी ¥याली र सभालाई निरन्तरता दिने बताएका हुन् ।

ह्वाइट हाउसमा पत्रकार सम्मेलन गरेर राष्ट्रपति ट्रम्पले ओकाहोमा, फ्लोरिडा, एरिजोना र उत्तरी क्यारोलीमा चुनावी सभाहरु थाल्ने बताएका हुन्।

शुक्रबारबाट आफूले ¥याली थाल्ने उनले बताएका हुन । जारी कोरोनाको महामारी नियन्त्रणका लागि अपनाइने मापदण्डका बारेमा भने उनले केही खुलाएनन् ।

विश्व स्वास्थ्य संगठनले अमेरिकालगायत विश्वभर कोरोना नियन्त्रणमा नआइसकेकाले न्यूनतम मापदण्ड पूरा गरेर मात्र आफ्ना गतिविधिहरु सञ्चालन गर्न आग्रह गर्दै आएको छ ।

कतिपय देशअरुले लकडाउन जारी राखेपनि अमेरिकामा भने कोरोना नियन्त्रणका लागि लकडाउन गरिएको छैन ।

जसका कारण अमेरिकामा मात्र एक लाख भन्दा बढीको मृत्यु भइसकेको छ । अमेरिकामा आगामी नोभेम्बरमा राष्ट्रपति निर्वाचन हुँदैछ ।

निर्वाचन नजिकिन थालेपछि दलहरुले चुनावी सभालाई तीव्र पार्नुपर्ने भएपनि कोरोना महामारीले सबै गतिविधिहरु प्रभावित हुँदै आएका छन् ।

आगामी निर्वाचनका लागि राष्ट्रपति ट्रम्पका प्रतिष्पर्धीको रुपमा डेमोक्र्याट्सका तर्फबाट पूर्व उपराष्ट्रपति जो बाइडेन उम्मेद्वार रहेका छन् ।