अमेरिकामा प्रहरी हिरासतमा मारिएका अश्वेत नागरिक जर्ज फ्लोइडको टेक्सासस्थित ह्युस्टन शहरमा अन्तिम संस्कार गरिएको छ ।
गृहनगरमा गरिएको अन्तिम संस्कारमा सहभागीहरुले जातीय हिंसाविरुद्ध एकजुट हुनुपर्ने आवाज उठाएका छन् । अन्तिम संस्कारमा सहभागीहरुले फ्लोइडले न्याय नपाएसम्म आन्दोलन र प्रदर्शनहरु जारी राख्ने बताएका छन् ।
फ्लोइडको हत्याले अमेरिकामा रहेको जातीय विभेदको चरम नमूना सार्वजनिक गरेको उनीहरुको भनाइ छ । श्रद्धाञ्जली सभामा नोभेम्बरमा हुने राष्ट्रपतिको निर्वाचनमा डेमोक्रेट पारिका उम्मेदबार जो वाइडेनले पीडितले न्याय पाउने बताएका छन् । उनले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासन फ्लोइड हत्या प्रकरणमा उदासिन रहेको आरोपसमेत लगाए ।
गत मे २५ मा मिनियापोलिस शहरमा प्रहरीले नियन्त्रणमा लिने क्रममा घुँडाले फ्लोइडको घाँटीमा नौ मिनेट थिचेको भिडियो सार्वजनिक भएको थियो । उनले प्रहरी हिरासतमै ज्यान गुमाएका थिए ।
त्यस लगत्तै जातीय हिंसा र विभेद विरुद्ध संसारभर प्रदर्शन भैरहेका छन । घटनामा संलग्न चारजना प्रहरी अधिकारीलाई बर्खास्त गरिएको छ । उनीहरूमाथि हत्यासम्बन्धी आरोप लगाइएको छ ।।
प्रतिक्रिया