देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तालिबानको अल कायदासँग सम्बन्ध छ–संयुक्त राष्ट्रसङ्घ

देशान्तर

इस्लामावाद । अफगानिस्तानमा हिंसा मच्चाइरहेका तालिबान विद्रोहीको अहिले पनि अल कायदा नामक संस्थासँग सम्बन्ध रहेको पाइएको छ ।

सो जानकारी संयुक्त राष्ट्रसङ्घले हालै सार्वजनिक गरेको प्रतिवेदनमा दिएको छ । मङ्गलबार जारी गरेको एक प्रतिवेदनमा सो जानकारी दिइएको हो ।

यो रिपोर्टलाई तालिबानले भने आधारहिन भनेका छन् । तालिबानले अहिले पनि अलकायदा नामक अर्काे आतङ्ककारी समूहसँग राम्रो सम्बन्ध जारी राखेको हालै संयुक्त राष्ट्रसङ्घले सुरक्षा परिषद्लाई बुझाएको प्रतिवेदनमा उल्लेख गरेको छ ।
तालिबानले अहिले पनि भित्रीरुपमा अल कायदासँग सम्बन्ध राखेको र सोही कारणले अमेरिकासँग भएको सहमति बमोजिम शान्ति वार्ताका लागि सम्झौता गर्न नमानेको सो रिपोर्टमा जनाइएको छ ।

यसअघि करिब तीन महिनाअघि तालिबान र अमेरिकाबीच अफगानिस्तानको सरकारसँग वार्ता गरी अफगानिस्तानमा शान्तिवार्ता गरिने विषयमा कतारको दोहामा एक सम्झौता भएको थियो । त्यस बमोजिम वार्ताको प्रक्रिया भने अहिलेसम्म पनि सुरु हुन सकिरहेको छैन ।