देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ट्रम्पको एउटा ट्वीटबारे तथ्यजाँच गरिने

देशान्तर

समाजिक सञ्जाल ट्वीटरले पहिलोपटक आफ्ना प्रयोगकर्ताहरूलाई सचेत गराउँदै राष्ट्रपति डोनल्ड ट्रम्पको एउटा ट्वीटबारे तथ्यजाँच गर्न भनेको छ ।
ट्रम्पले आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतिय निर्वाचनमा हुलाकबाट भोट हाल्ने योजनाको आलोचना गर्दै ट्वीटहरू गरेपछि ट्वीटरले यस्तो ब्यवस्था थप गरेको हो ।

हुलाकबाट मतदान हुँदा त्यसको दुरूपयोग हुनसक्ने भन्ने ट्रम्पका ट्वीट भ्रामक खाले देखिएपछि ट्वीटरले त्यसको वास्तविकता बारे सचेत गराएको हो । ट्वीटरले विस्मयाबोधक चिन्हका साथ ट्रम्पका ट्वीट मुनि हुलाकबाट हुने मतदानबारे तथ्यहरू जान्नुहोस् भन्ने तथ्य राखेको छ ।
आफ्ना ट्वीटको तथ्य–जाँच्न थालेपछि आक्रोशित बनेका ट्रम्पले भने ट्वीटरले वाक स्वतन्त्रताको हनन् गरेको आरोप लगाएका छन् । राष्ट्रपतिका हैसियतमा आफू वाक स्वतन्त्रतामाथि आक्रमण हुन नदिने चेतावनी उनले दिए ।
ट्रम्पले ट्वीटरले नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा हस्तक्षेप गर्न थालेको आरोप पनि लगाएका छन् । ट्रम्पले लगातार ट्वीटरलाई आफ्ना विवादास्पद निर्णय सार्वजनिक गर्ने तथा विभिन्न आरोप लगाउने माध्यमका रुपमा प्रयोग गर्दै आएका छन् ।