हाल प्रचलनमा रहेका पिसिआर र आरडिटी भनिने टेष्टहरु पोलिमरेज चेन रियाक्सन अनि रयापिड डायनिष्टिक किटको कोरा भाषाको छोटकरी नाम हुन । पिसिआरले परीक्षण गरेको समयमा कोरोनाको उपस्थिति शंकास्पद व्यक्तिमा थियो कि थिएन भन्ने मात्र देखाउने हो । आरडिटिले कोरोना भाईरस र टेष्ट गरीएको भाईसर र टेष्ट गरेको मानवमा भेटघाट र आपसी अन्तक्र्रिया भएको हो होईन भन्ने जनाउने हो । यो विवरण र व्याख्या सामान्य मानिसको लागि सरल भाषामा बुझ्न बुझाउनका लागि हो । भाईरोलोजी, ईम्युनालोजी भनिने विज्ञान दशकै देखि अस्तित्वमा छन । तिनै विज्ञानको अध्ययनले डा. जेनर बिफर भ्याक्सीन बनाउन सफल भएका थिए । जस्को फलस्वरुप बिफर उन्मुल नै भयो ।
समाजका अगुवा,बिमारी वा अन्य जो कोही पनि यतिवेला के जान्न उत्सुक छन भने परिक्षण कसरी र के हो ? सामान्य रुपमा बुझ्दा रगतमा ग्लुकोजको मात्रा हेरेर डाईबेटिज र घाउ भएको ठाउँको मासु निकालेर क्यान्सर हो वा होईन भनि परिक्षण गरेर हेरिए जस्तै प्रविधी नै यसमा पनि लागु हुने हो । स्वस्थ्यकर्मिले एउटा मात्र रगतको रिपोर्टको आधारमा डाईबेटिज हो भन्दैनन । अरु दई चार बटा प्रश्न तेस्र्याएर रोगसंग मिल्ने थप लक्षण देखा परेमा वा खोजेको उत्तर आएमा डाईबेटिजको निधो गरिन्छ । नत्र पुनः टेष्ट दोहोर्याइन्छ । क्यान्सरमा पनि त्यही प्रकृया अवलम्वन गरिन्छ । कित स्याम्पल इन सफिसियन्ट रिपिड सजेष्टेड भनेको पाईन्छ । तर, नयाँ भएर होला पिसिआर र आरडिटिमा पनि धेरै थरिका टिका टिप्पणी आएका र यी टेष्टहरुको साथ साथै अरु खोज पनि गरिएको हुन्छ । सामान्यतया जनमानसमा भने यस तर्फ विचार पुगेको देखिदैन ।
पिसिआर र आरडिटी टेष्ट रिजल्ट पोजेटिभ/नेगेटिभ आउँछ । दुबै टेष्ट गर्दा दुबै पोजेटिभ दुबै नेगेटिभ, एउटा पोजेटिभ अर्को नेगेटिभ आउँन सक्छ । यस्तो अवस्थामा विरामीको भ्रमण इतिहास, सम्पर्क, अन्य विमारीको अवस्था र सम्वन्धीत व्यक्तिको निरोगिताको अवस्थामा विचार गरेर आधिकारीक जनाउ गरिने चलन छ तर यसमा पनि धेरै टिका टिप्पणी नभएका भने होईनन । यो सवै जनमानसमा जानकारीको कमिले भएको हुनु पर्छ । अनाबस्यक टिका टिप्पणीले स्वास्थ्यकर्मिमा मात्र हैन अभियानमै नैरास्यता ल्याउन सक्छ र रोकथाममा कमि आउन सक्छ । त्यसैले यस बेला स्वास्थ्य कर्मिको उच्च मनोवलमा कमि आउने खालका गतिविधि तथा विचार राख्नु समय सान्र्दभिक हुदैन । समजका लागि यो प्रत्यूपादक सरह हुन्छ ।
पिसिआर पोजेटिभ भनेको के हो ?
पिसिआर पोजेटिभ भनेको परिक्षण गरेको नमुनामा कोरोना पाईयो भनेको हो । शंकास्पद व्यक्तिले कोरोना सार्न सक्छ भनेर नै आईसोलेसनमा राखि निगरानी र बिमारका चिन्ह लक्षण हेरी उपचार गरिन्छ । पोजेटिभ देखिए पनि चिन्ह लक्षण नभएमा पुन परिक्षण गर्दाको अवस्था हेरी निगरानीमा राख्ने र घर पठाउने प्रकृति हेरी गरिएको छ ।
आरडिटी पोजेटीभ भनेको बिमारी र कोरोनाको जम्का भेट भई सकेको अबस्था हो । जम्काभेट पछि बिमारीले कोरोनालाई जितेको छ वा जित्दै छ भन्ने बुझाउछ तर पिसिआर पनि पोजेटिभ हुँदा कोरोना र मानवमा युद्व विराम भएको छैन भन्ने बुझ्न पर्छ र अझै विमार सार्न सक्छ र विमारी बिमारवाट हार्न पनि सक्छ भनेर निगरानिमा राख्न पर्छ र हालसम्म त्यही गरिएको अबस्था छ ।
आधुनिक टेष्टहरु पिसिआर होस या आरडिटी वा यीनको रिजल्टले बिरामीमा कोरोना छ वा छैन वा बिगतमा जम्काभेट भएको हो वा होईन भएको भए बिराम रोकथाम गर्न सक्छ कि सक्दैन भन्ने हो । टेष्ट गर्न पाईन भनेर जो कोहिले पनि हतास भई हाल्नु पर्दैन । किनकि सबै भन्दा विवाद रहित टेष्ट भनेको नेचरल टेष्ट नै हो । जसमा शंका लागेपछि (संक्रमितसँग भेटघाट, अस्पतालको यात्रा, भिडभाडमा बसोवास) सन्चो भए जस्तो रुघा लागेको, खोकी लागेको, ज्वरो आएको भए पुगी गो नि किन टेष्टको चिन्ता खुरुक्क स्वास्थ्य संस्था जाने सबै संस्थाले गरी हाल्छ । संक्रमणको शंका लाग्यो तर चिन्ह लक्षण छैन भने गृह क्यारेनटाइनमा बस्ने बिसन्चो बढ्दै गएमा मात्र टेष्टमा जानु बुद्धिमानी हो ।
अन्त्यमा हामी सवै भाईरस, व्याक्टेरियाको समुदायमा विचारण गरी रहेका छौं । असाध्य थोरैमा मात्र बिराम देखिएको छ । विराम देखिएकामा पनि सयकडा ५ देखि ६ प्रतिशत सुरु अवस्थामा मूत्यु हुने र विस्तारै त्यो पनि घट्दै आएको अवस्था छ । त्यसरीनै सिकिस्त र सिकिस्त मध्ये पनि सयकडा ८० निको भएको आंकडा देखिएको छ । रुघा लाग्नु ,ज्वरो आउनुका कारण छन । यसो भन्दैमा कोरोनानै भन्ने छैन र हो नै रहेछ भने पनि रोग क्षमता शक्ति बढ्छ । यो नै प्राकृतिक खोप हो । डराउन आवश्यकतानै छैन । न छ महिनाको लक डाउन । दुध, दहि, महि बारीको ताजा तरकारी फलफूल नफ्याकौ, सकेजति खाने बाकी बिक्रि गर्ने, वा बाड्ने । छिमेकीको पनि रोग क्षमता शक्ति बड्यो भने तपाई तपाईको परिवार पनि सुरक्षीत हुुनेछ । शंकाले लंका खान्छ भन्छन । अन्तराट्रिय स्तरका सरसामानमा चिन्ता , शान्ति सुरक्षा स्वास्थ्य कर्मीलाई हतोत्साह भन्दा प्रोत्सहानले कोरोना नकार्न सहयोग मिल्ला की ?
कोरोना रुप परिवर्तन गरेर नयाँ स्वरुपमा आएको भएता पनि यो आरएनए भाइरसनै हो र अन्य आरएनए भाईरस जसको चरित्र पूर्ण त्यागेको हुदैन । कोरोना दुब्लो भए मानिसमा प्रवेश पश्चात वा मानिस बलियो भए कोरोना लुकेर बस्छ र बलियो हुदै जाँदा वा मानिसले दिर्घ बिमार समात्दा बृद्धा अवस्था पुग्दा पुन संक्रमण देखाउन सक्ने भएकाले स्वनिगरानिमा बस्नु सबैको लागि कल्याणकारी हुन सक्छ । कोभिड पनि तपाई हामी जस्तै प्रकृतिको सृजना हो । यो संग मिलेर बस्न सिकौं । उच्च जोखिममा भएका लाई टेष्ट गर्न प्राथमिकतामा राखौं । रोग क्षमता कम भएकालाई लक डाउन माथि सिल गर्ने होईन सामाजिक दुरी कायम राखि सफा स्वच्छ हावा ,पानी ,साग, सब्जी ,फलफूल ताजा खाना र शारिरीक सक्रीयतामा सहयोग गरौं । आफुपनि बाँचौं अरुलाई पनि बाच्न मद्दत गरौ ।
(डा. भक्तराजलाई वीर हस्पीटल लगायत विभिन्न अस्पतालमा काम गर्नुका साथै पोलियो, जापानिज इन्सेफाईटिस र एभिएन इन्फलुन्जामा काम गरि सकेका विज्ञका रुपमा लिईन्छ ।)
प्रतिक्रिया