देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतमा ३१ मे सम्म लकडाउन थपियो

देशान्तर

काठमाडौं । भारतले कोरोना संक्रमण रोकथामका लागि लागू गरेको लकडाउन पुनः लम्ब्याएको छ । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै भारतले लकडाउन पुनः थपेर मे ३१ अर्थात जेठ १८ सम्म पुर्‍याएको छ ।

भारतले चौथो चरणमा लकडाउनको अवधि थपेको हो। यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले चौथो चरणको लकडाउन फरक हुने बताएका थिए। सोही अनुरुप भारतीय गृहमन्त्रालयले नयाँ दिशानिर्देश जारी समेत गरेको छ । जसमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा प्रतिवन्ध लगाइएको छ ।

मेट्रो रेल समेत बन्द गरिने जनाइएको छ । राति ७ बजे देखि बिहान ७ बजेसमम् कर्फ्यू जारी रहने समेत जनाइएको छ । भारतमा गत चैत १२ गतेबाट लकडाउन जारी रहेको छ । भारतमा हालसम्म ९१ हजार बढी संक्रमित छन् भने २ हजार ८ सय बढीले ज्यान गुमाएका छन्। त्यस्तै ३४ हजार ५ सय जना निको भएका छन्।