अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको सम्बन्ध तोड्ने धम्की दिएका छन् । कोरोना भाइरस संक्रमणको विषयमा चीनसँग रुष्ट हुँदै उनले यस्तो धम्की दिएका हुन । एउटा अन्र्तवार्तामा उनले अमेरिकाले चाहेमा चीनसँगको सम्बन्ध नै तोडन सक्ने बताएका हुन् ।
सम्बन्ध तोडदा अमेरिकाको पाँच सय अर्ब लडर बच्ने उनको भनाइ छ । चीनसँगको द्विपक्षीय व्यापारमा अमेरिकाले बेहारेको ठूलो घाटाप्रति संकेत गर्दै उनले यस्तो प्रतिक्रिया जनाएका हुन । आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा आफुलाई राम्रो देखाउन ट्रम्पको चीन विरोधी अभिब्यक्ति आएको अनुमान गरिएको छ ।
उनले केही समयदेखि चीनले जानीजानी कोरोना भाइरस फैलाएको रसुरुमै वास्तविक जानकारी नदिएर धोका दिएकोजस्ता लगाउदै आएका छन् ।
प्रतिक्रिया