अमेरिकामा आगामी अगस्त महिनाको शुरुवातसम्ममा एक लाख ४७ हजार मानिसको मृत्यु हुनसक्ने एक अध्ययनले देखाएको छ ।
यूनिभर्सिटी अफ वाशिंगटन इन्ष्टिच्यूट फर हेल्थ मेट्रिक्स एण्ड इभ्यालुसन ९आईएचएमई० ले कोरोना संक्रमणका कारण अगस्तको शुरुवातसम्ममा मृत्यु हुनेको संख्या एक ला ४७ हजार नाघ्ने जनाएको हो ।
आईएचएमईको मंगलवार सार्वजनिक प्रतिवेदनका अनुसार अमरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको पूर्व अनुमानमा यो १० हजारले बढी हो ।
यसैगरी अनुसन्धानकर्ताहरुले संक्रमण रोक्नका लागि गरिएको लकडाउनलाई खेलाँची गर्दा खतरा झन् बढ्ने चेतावनी पनि दिएका छन् ।
अमेरिकामा अहिलेसम्म ८३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । यो प्रतिवेदनले पनि अमेरिकामा संकट झन् गहिरिँदो देखाउँदै छ । यसअघि अमेरिकी राष्ट्रपतिका प्रमुख स्वास्थ्य सल्लाहकारले पनि लकडाउन खोल्नु हतार हुन र यसले ठूलो जोखिम निम्त्याउने चेतावनी दिएका थिए ।
प्रतिक्रिया