देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ८३ हजार नाघ्यो

देशान्तर

अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ८३ हजार नाघेको छ ।

पछिल्लो तथ्यांकअनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या १४ लाख ८ हजार नाघेको छ । करिब ३ लाखमानिस उपचारपछि निको भएर घर फर्किएका छन् ।

सबैभन्दा बढी प्रभावित न्यूयोर्क राज्यमा करिब २२ हजार मानिसको मृत्यु भएको छ ।

विश्वभर २ लाख ९२ हजारभन्दा बढी मानिसको मृत्यु हुँदा ४३ लाख ३९ हजारभन्दा बढी मानिस संक्रमित छन् ।

कोरोनाबाट मृत्यु हुनेमा दोस्रो स्थानमा रहेको बेलायतमा भने ३२ हजार ६ भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । त्यहाँ २ लाख २६ हजारभन्दा बढी संक्रमित छन् ।

इटालीमा ३० हजार ९११, फ्रान्समा २६ हजार ९९१, स्पेनमा २६ हजार ९२० जनाको मृत्यु भएको छ । संक्रमणको हिसाबले रुस तेस्रो देश बनेको छ । जहाँ संक्रमितको संख्या २ लाख ३२ हजार नाघेको छ ।