देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महालक्ष्मी विकास बैंकले दियो ऋणीहरुलाई व्याजमा १० प्रतिशत छुट

देशान्तर

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले कोरोना महासंकटको यो अवस्थामा आफ्ना ग्राहकहरुको लागि सहुलित प्रदान गरेको छ । जस अनुसार बैंकले कर्जा व्याजमा १० प्रतिशत छुट दिने भएको छ ।

नेपाल राष्ट्र बैंकले चैत्र महिनामा भुक्तानी गर्नुपर्ने किस्ताहरु मध्ये चैत्र मसान्त भित्रमा भुक्तानी भएका किस्ताहरुको व्याज रकममा १० छुट प्रदान गर्न निर्देशन दिएको थियो । त्यसै अनुसार बैंकले ग्राहकहरुलाई कर्जा व्याजमा १० प्रतिशत छुट दिने भएको हो ।

ग्राहकहरुले यस विषम परिस्थितिमा पनि कर्जाको किस्तारब्याज भुक्तानी गरेर देखाएको इमान्दारीताको कदर गर्दै जम्मा व्याज रकमको १० प्रतिशत छुटबाट हुन आउने व्याज रकम ग्राहकको खातामा जम्मा गरी सकेका बैंकले जनाएको छ ।

बैंकले देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखा तथा ३५ वटा एटिएमहरु मार्फत सेवा प्रदान गरिरहेको छ । भने देशभर करिब ५ लाख भन्दा बढी ग्राहकहरु रहेको बैंकले जनाएको छ ।